नेवार किशोरीहरुको आत्मविश्वास वृद्धि तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदै पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ नेप्लीज फेसन होमले वर्षेनी आयोजना गर्दै आएको मिस लिटिल नेवा नेपाल ११४१ मा सहभागीहरुले राजधानीमा शनिवार आयोजित ट्यालेन्ट शो कार्यक्रमका बीच आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेका छन्।
सहभागीहरुले आगामी कात्तिक २७ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने १३औं संस्करणको मिस लिटिल नेवा नेपाल ११४१ का लागि शनिवार नाचघरमै आयोजित कार्यक्रमका बीच आ आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन्। कार्यक्रममा सहभागीहरुले वाक कला, गीत गायन, नृत्य, अभिनय, चित्रकलालगायतका प्रतिभा प्रदर्शन गरी निर्णायक, अभिभावक तथा दर्शकको मन जित्ने प्रयास गरेका थिए।
मिस नेवाः ११४१ कृषा महर्जनको प्रमूख आतिथ्यता तथा आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शो मा वर्ल्ड क्योकुसिन काई कराँते फेडरेशनका उपाध्यक्ष अशोककुमार श्रेष्ठ, लायन्स अन्तर्राष्टिय डिष्टिक ३२५ बी १ नेपालका भाइस डिष्टिक गर्भनर मणि श्रीरत्न बज्राचार्य, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालका क्षेत्रीय सभापति इन्द्ररत्न बज्राचार्य, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, प्रा. डा. हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४१ की उपविजेता संगीता महर्जन, गायक तथा संगीतकार कन्हैया सिंह परियार निर्णायक रहेका थिए।
१४औं मिस लिटिल नेवा नेपाल ११४१ को अन्तिम स्पर्धामा नयना शाक्य, आर्यो श्रेष्ठ, टीसा तण्डुकार, कृष्टीना महर्जन, सफलता श्रेष्ठ, सनिष्मा महर्जन, वितिशा कंसाकार, सिम्रिक श्रेष्ठ, एन्जिला महर्जन, इभानजलिना महर्जन, रिकिस्ना डंगोल, सलिष्का महर्जन, प्रकृति महर्जन, प्रनिधि मानन्धर, सिचु मानन्धर, सफलता श्रेष्ठ, सान्भी श्रेष्ठ, सारिका श्रेष्ठ, आर्या खोपे श्रेष्ठ, केभिया श्रेष्ठ, दिमी श्रेष्ठ र युनिका बादे रहेका छन्। प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ। त्यसैगरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिइरहेका छन् भने विभिन्न विधाका विज्ञहरुले अन्य विषयमा प्रशिक्षण दिइरहेका छन्।
आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास वृद्धि, प्रतिभा प्रदर्शन, कला संस्कृति, भाषा र संस्कार सिकाउनका लागि यो प्रतिभा आयोजना गरिएकाे बताइन्। किशोरीहरुले यी विषय सिके आफ्नो घरका साथै अरूको घरमा पनि गएपछि सिकाउने उनको भनाइ थियो।
प्रतिकृया दिनुहॊस