एमालेले संविधानको मर्म विपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गर्याेः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेको बताएका छन्।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको बताए।

प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताए।

अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौँभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको बताए। उनले बैठक बस्ने बित्तिक्कै गठबन्धनको धारणा आउने जनाए। प्रचण्डले अर्ली इलेक्सन नहुने दाबी गर्दै भने, “अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ, तर हुँदैन, गठनबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ।”

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस