बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ। पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय …
पुरा पढ्नुहॊस »सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो “सांग्रिला रेमिट”
पछिल्लो समय शाखा विस्तार तथा विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु समेतमा उल्लेखनीय हिसाबले वृद्धि गरिरहेको सांग्रिला डेभलपमेन्ट बैंकले, देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहजरुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ। यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमा गई नेपालभर आफ्नो इच्छाएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन्। बैंकले संचालनमा ल्याएको …
पुरा पढ्नुहॊस »कुमारी बैंकको नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने हेतुले गतवर्षदेखि फोनलोन सुविधा संचालनमा ल्याएको थियो। यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागि कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा EMI मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको छ। आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन EMI सुविधा संचालनमा …
पुरा पढ्नुहॊस »आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनीतिक दलहरुलाई ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को महामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुतगतिमा पुनरुत्थान गर्न सबै राजनीतिक दलहरुको समान धारणा आवश्यक पर्ने बताए। “अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई …
पुरा पढ्नुहॊस »कामना सेवाले “कामना सेवा फुटसल कप-२०२१” को आयोजना गर्दै
“स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रो हप्ता पहिलो “कामना सेवा फुटसल कप-२०२१” प्रतियोगिता आयोजना गर्ने भएको छ। बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्तरुपमा उक्त प्रतियोगिताको आधिकारिकरुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ फुटसल …
पुरा पढ्नुहॊस »मेगा बैंककाे नयाँ शाखा परासीमा
मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०३औं शाखा हो। बैंकले चालु आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २६५ जना सङ्क्रमित थपिए, ३५७ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६१७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ८३० पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ६१९ जना रहेको छ। आज ३५७ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक ३२ दशमलव २२ अंक बढ्यो
सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। आज दुई सय २७ कम्पनीकोे ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको कारोबार भएको छ। कारोबारको आधारमा सबैभन्दा बढी नविल बैंकको शेयर काराेबार भएको छ। यस बैंकको …
पुरा पढ्नुहॊस »नेपालमा पनि ओमिक्रोन सङ्क्रमित भेटिए (विज्ञप्तिसहित)
नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो। यस्ताे छ विज्ञप्ति …
पुरा पढ्नुहॊस »पार्टीको आन्तरिक चुनावमा म बलियो देखिएँ, अब सभापतिमा उठ्छुः देउवा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन्। सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन्। ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतिमा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन्। एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला …
पुरा पढ्नुहॊस »