प्रदिप नेपाल

सवारी साधनहरुको आयातमा तत्काल प्रतिबन्ध लगाउन सकिँदैनः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन्। अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताएका हुन्। अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने बताए। आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः आज कति थपिए संक्रमित?, कति निकाे भए?

देशभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार १७४ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ३५७ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ६८७ जना रहेको छ। आज ३६६ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

५३ दशमलव १० अंकले घट्यो नेप्से

बुधबार नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। आज दुई सय २६ कम्पनीको ६ लाख ५६ हजार नाै सय ४७ कित्ता शेयर कारोबार हुँदा कूल दुई अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ। याे कम्पनीको ११ करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका …

पुरा पढ्नुहॊस »

प्रमोद खरेलको स्वरमा ‘अदृश्यभित्रको लजावती’ (भिडियोसहित)

लामो समयदेखि विभिन्न हास्यटेलिफिल्म, टेलिफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन्। उनै विनोदका शब्द रचनामा अदृश्यभित्रको लजावती बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत रहेको छ। प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले …

पुरा पढ्नुहॊस »

प्रभु बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंककाे अनुमति

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई शेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ। बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ। बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ। उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ।

पुरा पढ्नुहॊस »

सुनकाे मूल्य प्रतितोला पाँच सयले बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो। आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७८ …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशनका लागि ४ हजार ३१९ प्रतिनिधि छानिए

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन्। कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ। सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन।

पुरा पढ्नुहॊस »

काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ स्थापना दिवस तीन दिन मनाउने

काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ। समारोहका संयोजक कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो। सो अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिनेछ। यसमा सहभागी हुनेलाई निःशुल्क १० वटा मास्क दिइनेछ। यसैगरी १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन …

पुरा पढ्नुहॊस »

आज विवाह पञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले …

पुरा पढ्नुहॊस »

यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। ‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुधबार दिउँसो : प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा …

पुरा पढ्नुहॊस »