नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेद्वारी फिर्ता लिने समय सकिएकाे छ। थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएकाे निर्वाचन समितिले जनाएकाे छ। एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेद्वारी दिएका थिए। जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन्। पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेद्वारी फिर्ता लिएका …
पुरा पढ्नुहॊस »शेखर काेइरालालाई समर्थन गर्दै सभापतिका प्रत्यासी न्यौपानेद्वारा उम्मेद्वारी फिर्ता
नेपाली कांग्रेसका सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन्। आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा.शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्। कांग्रेस सभापतिमा ६ जनाको उम्मेद्वारी परेको थियो। अब शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।
पुरा पढ्नुहॊस »भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ। शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो। ‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्यता दिएको छ। सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो। तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो। बिहान सवा तीन बजे प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विटर अकाउन्ट ह्याक भएको जनाउँदै केही समयमा नै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो। प्रधानमन्त्रीको ट्विटर …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चाेकमा जन्ती बाेकेकाे बस दुर्घटना हुँदा चालककाे मृत्यु
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ। जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ। बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ। घाइतेको सनाखत …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थाल्याे
पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ५.४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ। विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। ‘यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उनले …
पुरा पढ्नुहॊस »कांग्रेसकाे १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेद्वारी
नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न ५०९ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । खुलासहित १८ कलस्टरबाट निर्वाचनमार्फत १२१ जना निर्वाचित गरिने कांग्रेसको विधानमा उल्लेख छ। थारू कलस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फबाट निर्वाचित हुने ३५ जनाका लागि १०९जनाको उम्मेदवारी परेको छ । मधेशी कलस्टरबाट निर्वाचित हुने चार महिलासहित नौ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ । सात महिलासहित …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न
मुक्तिनाथ विकास बैंक लि. ले शनिबार पोखरामा आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त साधारण सभाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त लाभांस मध्ये १७.५७५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुनेछ। बंैकका सञ्चालक समितिका अध्यक्ष …
पुरा पढ्नुहॊस »प्रभु इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताका लागि तालिम
प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्यक्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको हो। कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपन्छी विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए। कम्पनीको कार्यक्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ र स्याङ्गजामध्ये …
पुरा पढ्नुहॊस »सनराइज बैंकको ‘सनराइज केयर’ सुविधा सार्वजनिक
‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ। यस सनराइज केयर प्लाटफर्म मार्फत सम्पूर्ण ग्राहक वर्गहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्नेछन्। सनराइज केयर बिभिन्न बैंकिङ्ग सुविधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, …
पुरा पढ्नुहॊस »शेरबहादुर देउवाले गरे सभापतिमा मनोनयन दर्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेद्वारी दर्ता गरेका हुन्। उनकाे प्यानलमा उपसभापतिको उम्मेद्वारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन् । महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल छन्। पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेद्वार बनेका हुन् । संस्थापन समूहबाट आठ जनाको टुंगो लागेको छ। जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा …
पुरा पढ्नुहॊस »