कोरोना संक्रमणबाट बिहीबार एकै दिन अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ।
सन्धिखर्क नगरपालिका-१ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका-४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो। योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमा ८९ पुगेको छ।
त्यस्तै आज अर्घाखाँची जिल्लामा तीन जना कोभिड संक्रमण मुक्त भएका छन् भने दुई जनामा कोभिड संक्रमण पुष्टि भएको छ।
योसँगै अर्घाखाँचीमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ हजार ४ सय ५१ पुगेको छ भने हाल अर्घाखाँची जिल्लामा ५८ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिकृया दिनुहॊस