भारतले टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई पराजित गरेको छ। गए राति भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको ८६ रनको सामान्य लक्ष्य भारतले ६ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
भारतका लागि ओपनर केएल राहुलले ५० र रोहित शर्माले ३० रन बनाए। यस्तै बलिङतर्फ स्कटल्याण्डका ब्राड ह्वील र मार्क वाट्टले समान १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १७ ओभर ४ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो। स्कटल्याण्डका लागि जर्ज मुन्सीले २४, मिचेल लेस्कले २१, क्यालुम म्याकलिओडले १६ रन बनाउँदा मार्क वाटले १४ रन बनाए।
स्कटल्याण्डलाई सस्तैमा समेट्न भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद शामीले ३-३ तथा जसप्रित बुमराहले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए। जारी विश्वकपमा भारतको यो दोस्रो जीत हो। जीतसँगै सेमिफाइनल पुग्ने भारतको सम्भावना कायमै छ।
स्कटल्याण्ड भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।




