सर्लाही ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन्।
जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंह लगायत ५१ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको हो।
अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सम्पादन सदस्य किशोर बहादुर कार्कीले देश र जनताले राप्रपालाई खोजिरहेको बताए।
पछिल्लो समय धर्म परम्परामाथि आक्रमण भएको भन्दै कार्कीले सनातन मूल्य मान्यताको जगेर्नामा जोड दिए।
प्रतिकृया दिनुहॊस