प्रदिप नेपाल

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि.बीच डिजिटल कारोबार सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि.सँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंक लि.सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ लाइन हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रा. लि. बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नका …

पुरा पढ्नुहॊस »

दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० जना घाइते

दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको भएको हो। मृत्यु हुनेको पहिचान खुलेको छैन। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएकाहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए। जीप सडकबाट करिब २ सय मिटर …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकका ब्राण्ड एम्बेसडर पल शाहको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकको ब्राण्ड एम्बेसडर रहेका लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। बैंकले शनिवार मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले बताए। शाहको उपस्थितिमा बैंकले शनिवार बुढीगंगास्थित शाखा अगाडि बिहान …

पुरा पढ्नुहॊस »

शेयर बजारः ८८.७० अंकले घट्याे नेप्से

यो साताको पहिलो दिनको (आइतबार) कारोबार नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ। मौद्रिक नीतिको समीक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचकमा आइतबार पनि भारी अंकले तल झरेको छ। आइतबार शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ। ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ । गत बिहिबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको थियो। आज सेन्सेटिभ इण्डेक्स …

पुरा पढ्नुहॊस »

नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डको शव वाहन हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो। अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र यस महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हुँदा, प्रक्रिया अगाडि बढाएर अशोक …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशनका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ कार्यसमिति सदस्य पदका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। १३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो। प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २५४ जना संक्रमित थपिँदा २३४ जना निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २४ हजार २२२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ७८२ जना रहेको छ। आज २३४ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन निर्वाचित

नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्नको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्रप्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष चन्द्र टण्डनले राखेका थिए। त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको …

पुरा पढ्नुहॊस »

चाइनिज सुपर लिग फुटबल ‘एक्सन स्पोर्ट्स एच डि-१’ मा प्रशारण हुँदै

चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ ले लिएको छ । यस सिजनको चाइनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन्। पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिगको नामबाट सुरु भएको थियो । चाइनिज …

पुरा पढ्नुहॊस »