News desk

नयाँ व्यवसायीलाई सहयोग गर्न नेक्सजेन र लगानी हबबीच सहकार्य

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी गर्ने सम्झौता भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौंमा आज आयोजित समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको स्रोत जुटाउन आवश्यक रहेकाले त्यस्ता व्यवसायीलाई लगानी पुर्‍याउन लगानी हबले …

पुरा पढ्नुहॊस »

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् । प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए । सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी …

पुरा पढ्नुहॊस »

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएपछि मतगणनाको तयारी गरिएको हो । सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो । बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित ११ उमेदवार …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१’ जारी गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

नेपाल अवसरको खानी हो, लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरूमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ६ सय पुगेको हो । तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी …

पुरा पढ्नुहॊस »

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान ९:५५ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १७५ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । गएको तीन दिनदेखि काठमाडौँ विश्वकै प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा कायम …

पुरा पढ्नुहॊस »

इलाम-२ को मतगणना ११ बजेपछि गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । इलाम-२ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेपछि सुरु हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले बिहान ११ बजे पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको हो । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा कुल १ लाख १५ हजार ८८९ मतदाता छन् । मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध समभागृहमा …

पुरा पढ्नुहॊस »

अब काठमाडौंमा देशैभरका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार, बालेनले गरे सार्वजनिक अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । मेयर बालेन शाहले सार्वजनिक अपिल गर्दै जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत अशक्त र गरिब नागरिक बिरामी जसको सम्पर्कमा भएपछि खबर गर्ने आग्रह गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर …

पुरा पढ्नुहॊस »

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

काठमाडौं । गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ मा गए राति मलामी बोकेको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो । जीप …

पुरा पढ्नुहॊस »