News desk

मोटरसाइकलको चक्कामा सल बेरिँदा २२ वर्षीया युवतीको मृत्यु, आमा गम्भीर

काठमाडौं । महोत्तरीको बर्दिबास जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका–५ टुटेश्वर जङ्गलमा शनिबार सर्लाहीबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो । दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका–४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी …

पुरा पढ्नुहॊस »

पाल्पामा टिपरले हान्दा बाइक चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो । शनिबार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका-१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बलालको घटनास्थलमै मृत्यु दोभान प्रहरी चौकीले जानकारी दिएको छ । मोटरसाइकल ओरालोमा पल्टिएको र …

पुरा पढ्नुहॊस »

तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ बढी देशका लगानीकर्ता सहभागी

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् ।

पुरा पढ्नुहॊस »

इलाम र बझाङमा मतगणना सुरु हुँदै

काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम-२ को मतगणना गर्नका लागि सर्वदलीय बैठक बस्दैछ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार सबै राजनीतिक दलका उमेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको छ । बैठकपछि सबै प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ, उनले भने । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका-२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नवीन सन्देश र न्यूजदैनिकका सम्पादक शर्मा रजत अभिनन्दनद्वारा सम्मानित

काठमाडौं । नवीन सन्देश र न्यूजदैनिकका सम्पादक कल्पना शर्मा सम्मानित भएकी छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनमा निरन्तर पत्रकारिता क्षेत्रको विकास र प्रवर्द्धनमा खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको कदर स्वरूप ‘रजत अभिनन्दन-२०८१’ बाट पत्रकार शर्मालाई सम्मान गरिएको हो ।

पुरा पढ्नुहॊस »

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

पुरा पढ्नुहॊस »

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »