सीजी इलेक्ट्रोनिक्स पर्व अभियानका लक्की ड्र विजेता घोषणा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको “क्रम्प्टन दशैँ-तिहारको ठूलो हर्ष” अभियानअन्तर्गत भाग्यशाली लकी ड्रको विजेता घोषणा गरेको छ।

यस लकी ड्र अन्तर्गत क्रम्प्टन मिक्सर ग्रिन्डर कृष्ण मल्लले जितेका छन्।

क्रम्प्टन भारतीय ब्राण्डमध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय फ्यान, एयर कुलर, वाटर हिटर, मिक्सर ग्रिन्डरलगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्राण्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री