News desk

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप भएको छ । सहकारी पीडितहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै पाउनु पर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।

पुरा पढ्नुहॊस »

कैलाली जिससमा कांग्रेसकी भुल निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुख पदमा काँग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध बनेकी छिन् । प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी फिर्ता लिए पछि भुल निर्विरोध भएकी हुन् । नाउपाबाट प्रमुख पदका लागि रुपमती डगौरा थारुले उम्मेदवारी दर्ता गरेकी थिइन् । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बलियो बनेपछि नाउपाले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको थियो । उनका अनुसार कैलालीमा प्रमुख …

पुरा पढ्नुहॊस »

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

काठमाडौं । रौतहटको गौर नगरपालिका-१ ट्रान्सफर्मर चोकबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित सोही ठाउँ बस्ने ५४ वर्षीय बिरेन्द्र कुमार जैसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा बन्द भएको हो । बुधबार ७ अर्ब ९ करोड २८ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरुमध्ये १४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थिर …

पुरा पढ्नुहॊस »

रूकुम पूर्व : पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध

काठमाडौं – रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध चयन भएका छन् । नेकपा (एमाले)का उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता फिर्ता लिएपछि जगत घर्ती निर्विरोध भएका हुन् । वडाध्यक्षका लागि तीन जनाको मात्रै उम्मेदवारी परेको थियो । दुई जनाले फिर्ता लिएसँगै माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएको मुख्य र्विाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ एमालेकै उम्मेदवारलाई सघाउने निर्णय …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको आरोपमा प्रसाईँ मङ्गलवार पक्राउ परेका थिए । उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । हिजै पक्राउ गरिए पनि समय अभावका कारण उनलाई आज बुधवार अदालतमा पेस गरिएको …

पुरा पढ्नुहॊस »

बीवाईडीद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड NEV उत्पादन

काठमाडौँ । बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोड (NEV) गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झे । उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरु भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण …

पुरा पढ्नुहॊस »

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेको छ । कोशी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए । यसका साथै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ …

पुरा पढ्नुहॊस »

झम्सिखेलमा अपि इन्फ्राको १० तले अपार्टमेन्ट: बुकिङ खुला, विशेष छुट उपलब्ध

झम्सिखेलको मुटुमा आधुनिक जीवनशैलीका लागि प्रतीक्षारत सपना अब वास्तविकतामा बदलिँदैछ। सोमबार आयोजित विशेष पूजापाठ कार्यक्रमपछि अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको छ। यो परियोजना १२० करोड रुपैयाँको लगानीमा निर्माण गरिने छ। सस्तो मूल्य र आकर्षक बुकिङ अफर ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहनेछन्। कम्पनीले बुकिङ खुला गरिसकेको छ, जहाँ हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। कम्पनीकी कार्यकारी …

पुरा पढ्नुहॊस »

सामाजिक कोषको टिकटक प्रतियोगिता

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा दिवसका अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । कोषले सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षासम्बन्धी एउटा गीत बनाएर त्यसमा टिकटक प्रतियोगिता गराउन लागेको हो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार पुरस्कार व्यवस्था गरिएको छ भने द्वितीयलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिने कोषले जनाएको छ । योगदानमा आधारित समाजिक सुरक्षा कोषले मंसिर ११ मा सातौँ सामाजिक सुरक्षा …

पुरा पढ्नुहॊस »