काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार १८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार ३३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७३० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।
तपाईंको प्रतिकृया




