प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न बनेको सुरक्षा परिस्थितिबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बस्नेछ ।

यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले आज बिहान सबै सुरक्षा निकायका प्रमुखहरूसँग सिंहदरबारमै छुट्टै छलफल गरेका हुन्।

बुधबार जेनजी समूहका युवाहरू विमानस्थल क्षेत्रमा तोडफोड र सडकमा आगजनीमा उत्रिएपछि सिमरा क्षेत्र तनावग्रस्त बनेको थियो। एमाले नेताहरूको आगमनविरुद्ध गरिएको प्रदर्शन पछि अवस्था नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । आज पुनः स्थिति जटिल भएपछि त्यहाँ कर्फ्यु थपिएको छ ।

उक्त घटनाबारे गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा सबल बनाउन आवश्यक कदम चाल्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप