सांकेतिक तस्बिर

झापामा हात्तीले कुल्चिँदा सिलगुढीकी पन्नादेवीको ज्यान गयो

काठमाडाैँ । झापाको मेचीनगर नगरपालिका-१० मा जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । वडाध्यक्ष नारायण खनालका अनुसार हात्तीले कुल्चिँदा स्थानीय ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्ने गरेकी थिइन् ।

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका-२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जंगली हात्तीले कुल्चेर मारेको थियो । डिभिजन वन कार्यालय (झापा)का प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठजनाको ज्यान गएको जानकारी दिए । रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस