काठमाडाैं । उपत्यकासहित देशका केही ठाउँमा चिसो बढेको छ । गएको एक हप्ता यता तापक्रम ३ देखि ४ डिग्री सेल्सियसले घटेको मौसमविद्ले बताएका छन् । मौसमविद् सुवास रिमालका अनुसार तापक्रम अब विस्तारै घट्दै जाने छ । अहिले बिहान र बेलुकी चिसो हुन थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज १५ डिग्री सेल्सियसमा झरेको छ । हिजो १६ डिग्री सेल्सियस थियो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस थियो । …
पुरा पढ्नुहॊस »सुनको मूल्य बढेर ५८ हजार ९ सय पुग्यो
काठमाडौँ । शुक्रबार (असोज १९) सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५ रुपैयाँमा कायम भएको छ ।
पुरा पढ्नुहॊस »नेपाल भित्रियो ‘को बन्छ करोडपति?’
काठमाडाैं । चर्चित अन्तराष्ट्रिय टिभी रियालिटी शो ‘हु वान्टस् टु बि मिलेनेयर?’को फ्रान्चाइज नेपाल भित्रिएको छ । कार्यक्रम नेपालमा ‘को बन्छ करोडपति?’ नामबाट संचालन हुने जानकारी बिहिबार काठमाडौंमा एक कार्यक्रमबिच दिइएको छ । एपी वान टेलिभिजनबाट प्रसारण हुने सो कार्यक्रमलाई नेपाली अभिनेता राजेश हमालले संचालन गर्नेछन् । नेपाली संस्करण ‘को बन्छ करोडपति?’ आगामी छठपर्वपछि प्रसारण हुनेछ । कार्यक्रमलाई एसआरविएन मिडिया प्रालिले नेपाल भित्र्याएको हो । नेपाली पन झल्कने गरी कार्यक्रम प्रसारण गरिने …
पुरा पढ्नुहॊस »मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय
काठमाडाैं । मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन् । लक्षण – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) – टाउको दुख्ने – घाँटी दुख्ने – रुघाखोकी लाग्ने – श्वास फेर्न गाह्रो हुने – बच्चाहरुलाई झाडा पखाला …
पुरा पढ्नुहॊस »रूसी राष्ट्रपति पुटिन भारत भ्रमणमा, हतियार खरिद सम्झाैता हुने
काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुगेका छन् । रूससँग अर्बौं डलरको लडाकु विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् । रूसले राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएको छ । रूसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउने …
पुरा पढ्नुहॊस »आयल निगमले माग्यो धेरै संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । निगमले निर्देशकदेखि टेक्निसियनसम्मको पदमा कर्मचारी मागेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :-
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद …
पुरा पढ्नुहॊस »नेपाल एयरलाइन्सले ताप्लेजुङ-काठमाडाैं उडान गर्ने
काठमाडाैं । लामो समयदेखि उडान गर्न नसकेको नेपाल एयरलाइन्सले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका …
पुरा पढ्नुहॊस »माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार
काठमाडाैं । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए। अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे। दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार …
पुरा पढ्नुहॊस »एक करोडमा निर्माण भएको शीतभण्डार वर्षौंदेखि प्रयोगविहीन
सिन्धुली । गोलान्जोर गाँउपालिका -४ तीनकन्याका कृषक बेगबहादुर आले कमलामाई नगरपालिका – ४ दोभानटारमा शीत भण्डार भवन निर्माण हुदाँ निकै उत्साहित थिए । शीत भण्डार निर्माण भएपछि आफ्नो बगैंचामा उत्पादित जुनार बेमौसममा पनि बेच्न पाउने र मुल्य पनि राम्रै पाउने भयो भन्दै उत्साहित आले अहिले शीत भण्डार प्रयोगविहीन हुदाँ दुःखी छन् । कृषक बेगबहादुर आले बिदेसीले जुनारलाइ नै लक्षित गरेर करोड खर्च गरि निर्माण गरिदिएको भवन प्रयोगमा ल्याउन नसक्नु दुर्भाग्य …
पुरा पढ्नुहॊस »