News desk

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरी एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपति अर्यालको समुपस्थितीमा कामना सेवा विकास बैंकका संचालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक वहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् …

पुरा पढ्नुहॊस »

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको नेपाली कांग्रेसको ठहर रहेको उल्लेख गरेका हुन् । कांग्रेसले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ। ‘हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण’ भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरूलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो। पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरूमा समेत बैंकले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जानेछ। ‘सबल बैंक, सफल सहकार्य’ …

पुरा पढ्नुहॊस »

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरुलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो। ‘योजनाअन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ उति पैसा वोनस स्वरुप पाउनुहुनेछ’, कम्पनीले भनेको छ, ‘यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज …

पुरा पढ्नुहॊस »

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो । एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय …

पुरा पढ्नुहॊस »

६२० किमि रेन्ज दिने स्काइवेलको बिक्री सुरु, पहिलो दिनमै ९ जना ग्राहकलाई गाडी हस्तान्त्रण

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी ईभी नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी बिहीबार एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको उद्घाटन साथै २ बान गाडी ग्राहक माझ डेलिभरी गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल स्थित चिनिया दूताबासका ईकोनोमिक यन्त्र कमर्शियल कन्सुलर, चिनियाँ प्रतिनिधि भीमस …

पुरा पढ्नुहॊस »

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार आज दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा जेठा छोरा महेन्द्र शाक्यले दागबत्ती दिए । सोही अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आर्यघाट पुगेर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे । साथै नेपाल प्रहरीको टुकुडीले गारत सम्मानसहित सलामी अर्पण गरेको थियो । अन्त्येष्टिमा …

पुरा पढ्नुहॊस »

युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो । सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको थियो । यो …

पुरा पढ्नुहॊस »

जसपाकी सांसद हसिना खानले लिइन् शपथ

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।शुक्रबार दिउँसो सिंहदरबारमा सभुमख देवराज घिमिरे जसपाबाट समानुपातिक सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको १३ फागुन २०७९ मा निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद …

पुरा पढ्नुहॊस »