दार्चुलाको तावाघाटलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । गएराति दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको तावाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १० बजेर ४० मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्पको धक्का दार्चुला, कञ्चनपुरसहित आसपासका जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा पनि महसुस गरिएको छ । भूकम्पबाट कुनै क्षति भएको विवरण भने नआएको प्रहरीले जनाएको छ । यही कात्तिक ६ गते बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसैगरि गएको असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो । नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री