News desk

एमाले अध्यक्ष ओली अस्वस्थ, उपस्थित भएनन् परिषद् बैठकमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएका कारण उनी एमालेको जारी महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठकमा सहभागी भएका छैनन् । रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो । ‘अध्यक्ष ज्यूलाई रुघाखोकी लागेको छ । भीडभाडमा जाँदा सङ्क्रमणको जोखिम हुने भएकाले घरमै आराम गरिरहनु भएको छ,’ सचिवालयले भन्यो । अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर …

पुरा पढ्नुहॊस »

विदेशको पीआर लिँदा पनि सरकारी जागिर नछाडेको पौडेलविरुद्ध अर्को मुद्दा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ । गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकाको पीआर लिएर सार्वजनिक ओहोदाको पदमा बसेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएकै अवस्थामा झुटो विवरण उपलब्ध गराएर कानुनविपरित सार्वजनिक पदमा बसेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । २०८० वैशाखमा मुद्दा दायर भएका विकल पौडेलले …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले गर्‍यो १० लाख रूपैयाँ बराबरको बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको हो। उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो। नेको इन्स्योरेन्सबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंकमार्फत् सो रकम भुक्तानी गरिएको …

पुरा पढ्नुहॊस »

कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

गृह मन्त्रालयले भन्यो- तल्लो तटीय क्षेत्रका बासिन्दा सतर्क रहनु

काठमाडौँ । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठुलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् । ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । ‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ’, …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंकद्वारा ‘कृतिम हात’ वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल संस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरूबाट बसोबास गर्ने र कृतिम हातको आवश्यकता पर्ने बालबालिकाहरूलाई चाहिने कृतिम हातहरू वितरण गरेको छ । एक कार्यक्रम बीच , बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल संस्थाका पदाधिकारीबाट सोही कृतिम हातहरू बालबालिकाहरूलाई वितरण गरिएको हो । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, बालबालिकाहरूका अभिभावक र ईनेबल नेपाल …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ३ संचालकको राजीनामा स्वीकृत, सिंह र मानन्धर नियुक्त

काठमाडाैं । प्रभु बैंकका ३ जना संचालकले राजीनामा दिएका छन् । बैंकमा संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा. डा. गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् । बैंकको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो । सोहि बैठकले २ नयाँ संचालक चयन गरेको छ । बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर …

पुरा पढ्नुहॊस »

अझै घटेन काठमाडौं उपत्यकाको वायु प्रदूषण

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सको बिहान ११ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शिर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । …

पुरा पढ्नुहॊस »

१ लाख ३९ हजार २ सय नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ भने बढेको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ स्थिर रहँदै आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ …

पुरा पढ्नुहॊस »

नेपालगन्जमा व्यापारीमाथि दिउँसै खुँडा हान्न खोज्ने युवक पक्राउ

काठमाडौं । बाँकेको नेपालगन्जस्थित राझा चोकमा दिनदहाडै खुँडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-२० स्थित राझा एयरपोर्ट चोकमा मोबाइल पसल चलाएर बसिरहेका पृथीबहादुर बुढालाई दिनदहाडै खुँडा प्रहार गर्न खोज्नेलाई प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउपालिका-२ घर भएर राझा एयरपोर्ट नजिक बस्ने पवन कोइराला रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनकाअनुसार धारिलो हतियार (खुँडा) …

पुरा पढ्नुहॊस »