गोदरेजले नेपालमा भित्र्यायो इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मेसिन

काठमाडौँ । गोदरेज एप्लायन्सेसले, आफ्नो अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्सको साझेदारीमा, आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम फ्रन्ट लोड वाशिंग मेसिन नेपालमा भित्र्याएको घोषणा गरेको छ ।

कम्पनीका अनुसार एआई–पावर्ड टर्बिडिटी सेन्सरले सुसज्जित यो नयाँ मोडेलले उत्कृष्ट धुलाइ गुणस्तर, श्रेष्ठ कपडा हेरचाह, र अतुलनीय सुविधा प्रदान गर्न डिजाइन गरिएको छ, जसले गर्दा यो नेपाली घरधुरीका लागि चुनौतीपूर्ण जाडोको मौसममा आदर्श लन्ड्री समाधान बनेको छ ।

इओन रेगालिस जाडोको लुगा धुलाइको अद्वितीय चुनौतीहरू, जस्तै गह्रौँ मैलो लुगाहरू देखि चिसो, आद्र अवस्थामा स्वच्छताको लागि हाइजेनिक सफाइ र छिटो सुक्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार गोदरेज इओन रेगालिसका प्रमुख विशेषताहरू:

एआई-पावर्ड बुद्धिमत्ता: उन्नत ऑटो टर्बिडिटी सेन्सर र एआई टेकले पानीमा लुगाको मैलो स्तर स्वचालित रूपमा पत्ता लगाउँछ र त्यसै अनुसार धुलाइ प्रक्रिया समायोजन गर्छ । यसले बुद्धिमत्तापूर्वक पानीको प्रयोग अनुकूलन गर्छ, आवश्यकता अनुसार थप रिन्स चक्र थप्दछ, र लुगाहरू स्वच्छताको दृष्टिले सफा र संवेदनशील छालाका लागि सुरक्षित हुन्छन् भन्ने कुरा सुनिश्चित गर्दछ ।

शक्तिशाली ९५ °C हट वाश इनबिल्ट हिटरसहित: हिटर + एनटीसी + टर्बिडिटी प्रणालीले सुसज्जित यो मसिनले ९५°C को धुलाइ तापक्रम प्रदान गर्दछ, जसले जिद्दी दाग र कीटाणुहरू हटाउँदै अस्पताल-स्तरको सफाइ दिन्छ र जाडोमा स्वच्छता कायम राख्न आदर्श छ।

व्यापक धुलाइ कार्यक्रम र कपडा हेरचाह: १२ विशेष धुलाइ कार्यक्रमहरू, जसमा मिक्स फ्याब्रिक, कटन, वाइट्स, जेन्टल वाश, बेबी केयर, स्पोर्ट्स शू, वुलन्स, बल्की, र क्विक १५७३ समावेश छन्, का साथ इओन रेगालिसले हरेक प्रकारको कपडाको लागि सेवा प्रदान गर्दछ। फ्याब्रिसेफ ड्रम डिजाइन र सुपर ड्राइङ फिचरले गर्दा जाडोमा लगाइने स्वेटर, दौरा जस्ता गह्रौँ लुगाहरू पनि अझ सफा र सुकेको अवस्थामा निस्कन्छन्।

ऊर्जा दक्षता र मजबुत प्रदर्शन: डिजिटल इन्भर्टर बिएलडीसी मोटर (१४०० आरपीएम)e ले शान्त, स्थिर, र ऊर्जा९कुशल धुलाइ सुनिश्चित गर्दछ भने मोटरको आयु पनि बढाउँछ। मोटरको १० वर्ष र सम्पूर्ण उत्पादनको २ वर्षको वारेन्टीले ग्राहकहरूलाई अतिरिक्त मनको शान्ति प्रदान गर्दछ।

सुविधा र स्मार्ट डिजाइन: इओन रेगालिसमा प्रयोगकर्ताको सुविधाका लागि क्विक १५९मिनेट वाश, डिले स्टार्ट, चाइल्ड लक, ऑटो रिस्टार्ट, एड क्लोथ्स, र मेमोरी इन्टरअप्सन जस्ता विशेषताहरू छन्। यसको ट-कन्ट्रोल एलसीडी प्यानल, प्रिमियम एलईडी नव, र मेटालिक९ब्ल्याक फिनिसले आधुनिक घरको सुन्दरतालाई थप बढाउँछ।

गोदरेज इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मेसिन अहिले सिजी इलेक्ट्रोनिक्सका शोरूमहरू र नेपालभरिका अधिकृत खुद्रा साझेदारहरूमा उपलब्ध रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री