एनआईसी एशिया बैंकद्धारा दुई नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखाहरुको औपचारिक उद्घाटन  गरेको छ ।  कमलामाई नगरपालिका वडा नं. —६, सिन्धुलीमाडी, सिन्धुली  र बेसीशहर नगरपालिका वडा नं —७, बेसीशहर, लम्जुङ्गमा पौष २३ गते एक समारोहका बिच नयाँ शाखाहरुको औपचारिक रुपमा समुद्घाटन गरेको हो ।

सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठले सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बेसीशहर शाखाको उद्घाटन गरे ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले विभिन्न स्थानहरुमा चाँडै  थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस