सिभिल बैंकको शाखा बिराटचोकमा संचालन

काठमाडौं ।  सिभिल बैंकले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखा सहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी बिराटचोकमा संचालनमा ल्याईएको हो । उक्त शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले गरेका छन् ।

उद्घाटन समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायतका ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति  रहेको थियो ।

बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख खुद नाफा कमाउन सफल भएको यस बैंकले सेयरधनीहरुलाई ४०% हकप्रद सेयरको निस्कासन गरीसकेको छ ।

हकप्रद सेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गतआ.व.को नाफाबाट बैंकको चुक्तापुँजी रु ८ अर्ब पुर्याउने योजना रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस