news

१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् । अब स्याङजाको क्षेत्र नं. …

पुरा पढ्नुहॊस »

समानुपातिकामा एमाले र काँग्रेसको कडा टक्कर

काठमाडौं । प्रत्यक्ष तर्फ करिब ५० प्रतिशत सिट जितेको नेकपा(एमाले) समानुपातिक तर्फ पनि पहिलो स्थानमा देखिएको छ । समानुपातिक तर्फको प्रारम्भिक मतगणना अनुसार एमाले ३ लाख ४१ हजार ६ सय ३२ मत सहित पहिलो स्थानमा छ । एमालेलाई पछ्याईरहेको काँग्रेसको समानुपातिक मत ३ लाख ३८ हजार १ सय ९१ रहेको छ । निर्वाचन आयोगले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार समानुपातिक तर्फ काँग्रेस भन्दा एमाले जम्मा ४ हजार ४ …

पुरा पढ्नुहॊस »

मेगा बैंकको कामु सिईओमा अनुपमा

काठमाडौं ।  अनिल शाहले छाडेपछि मेगा बैंकको  कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अनुपमा खुनजेली नियुक्त भएकी छिन् । गत मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खुनजेलीेलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अनुपमाले मंसिर २३ गतेदेखि नै बैंकको कार्यभार सम्हालि सकेकी छन् । तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैक हुँदै मेगा बैंक पुगेकी थिइन्।

पुरा पढ्नुहॊस »

अभिनेत्री रिमा विश्वकर्माको डिभोर्स

काठमाण्डौ। २ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो ।वैवाहिक जीवनको दोस्रो बसन्त राम्रोसँग पार नगर्दै अभिनेत्री रिमा विश्वकर्माको वैवाहिक जीवनमा पूर्ण विरमा लागेको छ । रिमासँगको सम्बन्धमा विराम लगाएसँगै  रोबर्टले अर्की मोडल बर्षा रसाइलीसँग सहयात्राको पारम्भ गरिसकेका छन् । रिमासँगको पारपाचुके लगत्तै उनले गत सातानै वर्षासँग फूलमाला गरेका हुन् ।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाका २१ क्षेत्रकाे परिणाम आउन बाँकी, बाम गठबन्धन दुई तिहाई नजिक

काठमाडौं । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो ।   पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेश कुमार गुप्ताको स्वतन्त्र मधेशी समूह पनि जोडिएको छ …

पुरा पढ्नुहॊस »

झापा ५ मा केपी शर्मा ओली विजयी

झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट सवैभन्दा बढी मत ल्याएर निर्वाचित भएका  छन् ।ओलीले ५७ हजार १ सय ३९ मत  प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका छन् ।  यस निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत यो नै सवैभन्दा बढी हो ।

पुरा पढ्नुहॊस »

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप,प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

रौतहट। रौतहटको क्षेत्र नं २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । झडपपछि प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिडलाई नियन्त्रणमा लिएको छ । रौतहटको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहम्मद आफताव आलम  १८ हजार ८ सय ३३ मत ल्याएर विजयी भएका हुन्। उनको प्रतिद्वन्दी संघीय समाजवादी फोरमका किरण कुमार साहले १६ हजार ८ सय ६५ मत ल्याए। नेकपा एमालेका मोहम्मद …

पुरा पढ्नुहॊस »

झापा ४ मा प्रदेश र प्रतिनिधिसभा दुवैमा वाम गठबन्धन विजयी

झापा। झापा  क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा (लिम्बु) निर्वाचित भएका छन् । उनले ४३ हजार ५ सय १५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका   छन् । क्षेत्र ४ अन्तरगत प्रदेशसभा (क) मा माओवादी केन्द्रका झलकबहादुर मगर विजयी भएका छन्। उनले १७ हजार २ सय ५६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण …

पुरा पढ्नुहॊस »

मुचुल्कामा भएको भन्दा ४२ मत फर्जी भेटिएपछि पुन मतदानको माग

तनहुँ। तनहुँ क्षेत्र न २ मा खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली काँग्रेसका उमेद्वार प्रदिप पौडेलले  पुन मतदानको माग गरेका छन्।पौडेलले तनहुँको क्षेत्रीय निर्वाचन कार्यालय २ मा पुन मतदानको माग गर्दै निवेदन दिएका छन्। प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेको भन्दै माओवादी केन्द्रकी उमेद्वार आशा कोइरालालाई निर्वाचित भएको घोषणा गराउने तयारी भइरहँदा यो बढी मतको पोल खुलेको हो।

पुरा पढ्नुहॊस »

उदयपुर-१ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

उदयपुर। उदयपुर प्रतिनिधिसभा १ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुदेखि  नेपाली काँग्रेसका  डा. नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच थोरै मतान्तरले अघिपछि हुँदै आएका छन्। मञ्जु चौधरीको १६९७१ मत पुगेको छ भने डा. खड्काको पक्षमा १६१०८ मत छ।

पुरा पढ्नुहॊस »
This will auto close after