हिमालयन बैंकद्धारा बालबालिकालाई सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसर पारेर “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित उक्त संस्थाका  २१ जना बालबालिकाहरुलाई लुगा (ट्रयाक सुट) तथा खाद्यान्नहरु  चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि प्रदान गरेको  छ ।बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री