सिभिल बैंकको हकप्रदको म्याद थप,माघ १२ गतेसम्म आवेदन दिन पाउने

काठमाडौं । सिभिल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाको म्याद थपिएको छ । सिभिलको हकप्रद बिक्रीको समय थप गरेर माघ १२ गतेसम्म तोएिको बिक्रीप्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

यस अघि पुस २७ गते बिहीबारसम्म हकप्रद निष्कासनको अन्तिम समय तोकिएको थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री