राजेन्द्र पाण्डे पछि हटे, अष्टलक्ष्मी र डोरमणि चुनावी मैदानमा

काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।

 

मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । उनले उम्मेदवारी फारम भने लगेका थिए । पाण्डेले अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् ।

एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका डोरमणि पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् ।

एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।

तर, एमाले नेतृत्वले न त सहमतिको प्रयास गर्‍यो न त आन्तरिक चुनावलाई गुटका आधारमा खुलेर समर्थन नै गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शाक्यलाई बोलाएर परामर्श गरेका थिए । शाक्यले चुनाव नै भएपछि आफूले जित्ने बताएपछि ओलीले शुभकामना दिएको स्रोतले बताएको छ ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्वसभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको अन्त्येष्टि आज

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो …

प्रतिकृया दिनुहॊस