बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा छिन् ।

बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  गम्भीर घाइते भएकी ओझालाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगलमा पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री