दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।ट्यांकरकोे केही भाग मात्र पानीबाहिर देखिएको छ भने अन्य भाग पूरै डुबेको छ ।

कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा खसेको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ४३१४ नंको कन्टेनरको ठक्करबाट दूधको ट्यांकर नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आज बिहान ६ः१३ बजे मात्र जानकारी पाएको र घटना कति बेला भयो भन्ने यकिन भएको छैन ।चालक र सहचालकको नाम खुल्न सकेको छैन । प्रहरीले दुवैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस