कल्पना शर्मा

प्रधानमन्त्री ओली भारत भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गएका हुन् । ५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी रहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानको बाकुबाट सीधै नयाँदिल्ली जानेछन् । …

पुरा पढ्नुहॊस »

अभिनेत्री श्वेता खड्का विवाह गर्ने सोचमा

काठमाडौँ । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको तीन वर्षपछि रजतपटमा फेरी नयाँ चलचित्र ’कान्छी’ मार्फत भित्रिएकी अभिनेत्री श्वेता खड्का विवाह गर्ने सोचमा पुगेको उनका निकटस्थहरु वताउँछन् । नेपाली सिने क्षेत्रका एकताकाका हिट अभिनेता श्रीकृष्णसँग विवाह भएको एक महिना पनि वित्न नपाउँदै सिउँदोको सिन्दुर पुछ्न विवश खड्का अहिले आफ्नो एक्लोपनलाई पूर्णविराम लगाउने मनस्थितिमा पुगेकी हुन । विवाह गरेको महिना दिन पनि बितेको थिएन, प्रिय नायक श्रीकृष्ण श्रेष्ठको असामहिक निधनले …

पुरा पढ्नुहॊस »

सुनको भाउ प्रति तोला ३ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलवार छापावाला सुन प्रतितोला ५८ हजार २ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएकाे जानकारी अनुसार छापावाला सुनको मुल्य हिजोको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ९ सयमा कारोबार भईरहेकाे छ । हिजो छापावाला सुन ५७ हजार ९ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ६ सयमा कारोबार भएको थियो । आज भने चाँदी प्रति …

पुरा पढ्नुहॊस »

डिजेल पेट्रोलको मूल्य बढ्यो

नेपाल आयल निगमले डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यअनुसार आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गरेको हो । नयाँ भएकाे मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०५ रुपैयाँका साथै डिजेल-मटीतेल प्रतिलिटर ८५ रुपैयाँ कायम रहेको निगमले वताएकाे छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको बोनश शेयर सुचिकृत

काठमाडौं । ज्योति विकास बैंकको बोनश शेयर सुचिकृत भएको छ । बैंकको अाज बोनश शेयर नेपाल स्टक एक्स्सचेञ्जमा सुचिकृत भएको हो । बैंकको २३ लाख २ हजार ८ सय ७२ दशमलव ४३ कित्ता बोनश शेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक

काठमाडौं। वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । ६७ वर्षीया सुवेदीको साेमबार राती १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि क्यान्सर पीडित उनीलार्इ ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यशोदा सुरुमा आन्द्रा पछि फोक्सो तथा पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिर्इन। २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उनकाे जन्म भएको थियो ।

पुरा पढ्नुहॊस »

स्वाभलम्बन लघुवित्तको सिइओमा बस्याल

काठमाडौं । स्वाभलम्बन वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको संचालक समितिको बैठकले बस्याललाई चैत १९ देखि लागु हुने गरेर सिइओमा नियुक्त गरेको  वताएकाे छ ।

पुरा पढ्नुहॊस »

सिजीको आकर्षक नयाँवर्ष २०७५ योजना

काठमाडौं । नयाँ वर्ष २०७५ को अवसरमा  सिजीले आफ्ना समस्त ग्राहकमहानुभावहरुमा फेरी एक पटक विभिन्न सामानहरुको खरिदमा आकर्षक तथा उपयोगी योजनाहरु बजारमा ल्याएको छ ।‍ सिजी नगदमा गद्गद् नामक योजनामा सिजीका सामानहरु खरिद गरे बापत विभिन्न आकर्षक उपहार पाउने छन् । याे योजनामा २० प्रतिशतसम्म छुट रहेको छ । योजनाअनुरुप सिजीका ४९ इन्च देखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्राप्तगर्न सक्नेछन् । याे भन्दा तल साइजका टिभीहरुमा …

पुरा पढ्नुहॊस »

राइड टु सिन्धुलीगढी साइकल यात्रा यस बर्ष जनकपुरसम्म हुने, २०० साइकल यात्री सहभागी गराउने योजना (भिडियाेसहित) यात्रीका लागि आवेदन खुल्ला

काठमाडौं । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ । यस बर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको हो । जनकपुरधामसम्म हुने महोत्सवमा सानो पाइला, फ्याक्ट्स नेपाल, स्टोरी साइकल, कन्सेप्ट नेपाललगायतका संस्था सहआयोजकका रुपमा रहने छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ । यात्राको नेतृत्व विश्वसाकल …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरपालिकाले निशुल्क वाइफाइ सेवा दिने

काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाले निशुल्क वाइफाइ सेवा दिने भएको छ । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्न लागेको हो । निशुल्क वाइफाइ सेवा उपलब्ध गराउन काठमाडौं महानगर तथा इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अब राजधानीको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन हुनेछ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य तथा वल्र्ड लिकंंका …

पुरा पढ्नुहॊस »