काठमाडौं। ज्योतिषमा ग्रहणले विशेष महत्व राख्दछ । पूर्णचन्द्र ग्रहण माघ शुक्ल पूर्णिमाका दिन बुधबार खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकाे थियाे भने नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गाैतमले जानकारी दिएका छन् ।



ज्योतिषका अनुसार जब सूर्य र चन्द्रमा राहु र केतुबाट पीडित हुन्छन् । त्याे समयमा ग्रहण लाग्ने गर्छ । सूर्य र चन्द्रमाको सीधा एवं प्रत्यक्ष प्रभाव पृथ्वीमा पर्ने वतार्इन्छ। ग्रहणकाे मध्यकाल बुधवार बेलुकी सात बजेर १७ मिनेटमा भएकाे थियाे । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले हामीलार्इ जानकारी दिए । ग्रहण लागेकाे समयमा सुत्न, हाँस्य विनोद, मैथुन लगायत काम पनि गर्नु नहुने ज्याेतिषीकाे भनार्इ छ। ग
बुधवारकाे चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्ण चन्द्र देखिने ‘ब्लु मुन’ को चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखिएको थियाे ।




