ग्वार्कोमा यामाहा खाेल्याे नयाँ शोरुम

काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम खाेलेकाे छ । यामाहाको पुरानो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज तथा फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको वताएकाे छ ।
ललितपुरमा यामाहा मोटरसाइकल र स्कुटरको बढ्दो मागलाई मनन गर्दै कम्पनीले नयाँ सोरुम स्थापना गरेको जनाकारी दिएकाे छ । सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेशनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरे ।

उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजीएम दिपक रौनियारले यामाहाका मोटरसाइकल र स्कुटरको बढिरहेको लोकप्रियताको कारण ठाउँ– ठाउँमा नयाँ डिलर र सोरुमको स्थापना गर्नु परेको बताए । ‘नयाँ सोरुमबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नेछन्,’ भनेका छन् ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस