पत्रकार भण्डारीलाई सम्मान

 धनगढी । डोटेली भाषा र संस्कृतिको संरक्षण योगदान पु¥याएको भन्दै पत्रकारद्धाय मुकुन्द भण्डारी र धिरेन्द्र चटौतलाई कैलालीमा सम्मान गरिएको छ । सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीले सम्मान गरेको हो ।
पुरस्कारको राशी ११,१११ र सम्मान पत्र तथा दोसल्ला रहेको थियो । प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले पत्रकारद्धयलाई सम्मान गरेका थिए ।
समाजिक विकास संस्थाले पहिलो पटक यो सम्मान गरेको हो । सञ्चारकर्मी स्वर्गीय हेम मल्लको सम्झनामा, सु प बहुउद्देश्यीय मञ्च धनगढीको आगुवाइमा उनको परिवार, सामाजिक संघसंस्था र केही व्यक्तिहरूको सहयोगमा स्थापित ’हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार स्थापना गरिएको छ ।
चटौत र भण्डारीले वि स २०५७ साल देखि रेडियो नेपालबाट डोटेलीभाषाको समाचार, समाचार मुलक कार्यक्रमा र डोटेली भाषाको सांगितिक कार्यक्रम, हजारी माला शुरु गरेका थिए ।
फाेटाे क्याप्सन, सामाजिक विकास मन्त्री दिर्घ सोडारी बाट पुरस्कार थाप्दै पत्रकार मुकुन्द भण्डारी ।
तस्वीर,  बिराज रोस्यारा

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री