कोरोना प्रकोप :मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ५८ हजार  २ सय ९५ जना पुगेको छ भने ३७ लाख २६ हजार ७ सय ४  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, १२ लाख ४१ हजार ९ सय २४ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ ।

अमेरिकामा हालसम्म ७२ हजार २ सय ७१  जनाको, बेलायतमा २९ हजार ४ सय २७ जनाको , इटालीमा २९ हजार३ सय १५ जनाको र स्पेनमा २५ हजार ६ सय १३  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ४९ हजार ४ सय जना कोरोना सङ्क्रमित छन् भने १ हजार ६  सय ९३ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु

काठमाडौं । इटहरीमा म्याजिकले ठक्कर दिँदा आइतबार मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ । आज …

प्रतिकृया दिनुहॊस