काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका भगवान अधिकारी विजयी

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा गठबन्धनका उम्मेदवारकाे जित भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले जितेका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना विजयी भइन्।

कांग्रेसका उम्मेदवार अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नेकपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९२५ मतान्तरले पराजित गरेकी हुन् । माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३५ सय ७३ मत पाएकी छिन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस