स्थानीय सरकारमा आजदेखि नयाँ प्रतिनिधि

काठमाडौँ । स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुरु हुँदैछ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएको हो ।

निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत बिहान ७ बजेसम्म ६२७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६२७ स्थानको अन्तिम नतिजा आएको हो ।

नतिजा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।

पछिल्लो विवरणअनुसार कांग्रेसले २७७, एमालेले १७३, माओवादी केन्द्रले १११, जसपा १८, नेकपा एकीकृत समाजवादीले १४, लोसपा ७, राप्रपा ४ र २३ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

कांग्रेसले ४६ स्थानमा अग्रता लिएको छ भने एमालेले २५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले १०, जसपाले १७, नेकपा एकीकृत समाजवादीले ५, लोकतान्त्रिक समाजवादी पार्टीले ५ स्थानमा अग्रता बनाएका छन् । अन्य ११ ठाउँमा अगाडि छन् ।

जेठ ५ लाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर वैशाख ३० मै निर्वाचन गरिएको प्रमुख निर्वार्चन आयुक्त दिनेश थपलियाले  बताए । वैशाख ३० यता निर्वाचन भएको पालिकामा पनि चार दिनभित्र मत गणना सम्पन्न गर्न आयोगले निर्देशन दिएको छ ।

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिका अध्यक्ष, नगर प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनियताको शपथ लिनुपर्ने हुन्छ । अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्यले सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई परिपत्र गर्दै कानुनअनुसार पद तथा गोपनीयताको शपथ गराउन आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

मंसिर १६ गते बिदा दिन आयोगको आग्रह

काठमाडौं । यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन …

प्रतिकृया दिनुहॊस