काभ्रेको पनौती नगरपालिकाको प्रमुखमा कांग्रेसका रामशरण भण्डारी विजयी

काभ्रेको पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रामशरण भण्डारी विजयी भएका छन्। नेकपा (एमाले)का उम्मेदवार भीम न्यौपानेलाई पराजित गर्दै उनी विजयी भएका हुन्।

कांग्रेसका भण्डारीले १४ हजार ५० मत ल्याउँदा निवर्तमान नगर प्रमुखसमेत रहेका न्यौपानेले ११ हजार ७८३ मत पाए ।

उपप्रमुखमा एमालेकी गीता बञ्जारा १२ हजार ३३७ मतसहित पुनः निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का छविलाल हुमागाईंले १० हजार ३८८ मत प्राप्त गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री