अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ५ औं बार्षिकोत्सव मनायाे

२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘’खल्ती’’ले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ। हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ। यस ५ बर्ष लाई पाँ…च बर्ष’ मान्ने कि ‘मात्र ५ बर्ष’ त?

कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। ‘खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ‘खल्ती’, ‘मात्र ५ बर्षको’ भएको हो। यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ।

युवाहरु माझ बढी प्रचलित ‘’खल्ती’’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ‘खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ। आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस