महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच समझदारी पत्रमा हस्ताक्षर

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि.ले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रा. लि.सँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्ग स्थित आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरि ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘८% नबिल डिवेन्चर २०८९’को निष्काशनको लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा …

प्रतिकृया दिनुहॊस