राष्ट्रिय सभा : १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एक सिट एमालेले जित्यो

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ। १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ।

आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए।

१९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एककाे एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभाको आजको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री