मैदान प्रवेश प्रयासमा भएको दुर्घटनामा ६ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी कप अफ नेशन्समा क्यामरुनमा मैदान प्रवेशका क्रममा भएको ठेलमठेल र अनियन्त्रित भिडका कारण ६ जनाको मृत्यु भएको छ । आयोजक क्यामरुन र कोमोरोस बिचको प्रि-क्वाटरफाइनल खेल हेर्न मैदान बाहिर पुगेका दर्शकबिच मैदान प्रवेशको प्रयासमा भएको एक घटनामा ६ जनको मृत्यु भएको छ भने दर्जनबढी घाइते भएका छन् ।

अधिकारीका अनुसार मृत्यु र घाइतेको सङ्ख्या थप बढ्न सक्ने छ । सार्वजनिक भएको एक भिडियो फुटेजमा राजधानी योउन्डको नजिक रहेको पाउल विया स्टेडियममा समर्थक र दर्शकहरू मैदान प्रवेशका लागि ठेलमठेल र संघर्ष गरिरहेको देखिन्छ ।

घाइते हुनेहरूमा ठुलो सङ्ख्यामा रहेका बच्चाहरू समेत छन् । उनीहरू बेहोस बनेको जनाइएको छ । स्टेडियमको क्षमता ६० हजार भएपनि कोभिडका कारण ८० प्रतिशत समर्थकलाई मैदान प्रवेशको अनुमति रहेको थियो । खेल अधिकारीहरूका अनुसार करिब ५० हजार समर्थकहरू मैदान प्रवेशको प्रयासमा संघर्ष गरिरहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस