महासचिव दाबी गरेका नेता पुन बिहानै पुगे खुमलटार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन् । चीनमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास पुगेका हुन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनले आफ्नो दाबी पार्टी महासचिवमा रहेको उल्लेख गरेका थिए । खुमलटार पुगेका नेता पुनलाई अध्यक्ष प्रचण्डले निवासमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

भर्खरै सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्ष र केन्द्रीय समिति चयन गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस