विद्युत् महसुल नतिरेपछि गौतमबद्ध रङ्गशालाको लाइन काटियो

काठमाडाैँ । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महसुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो ।

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महसुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो महसुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ ।

फाउण्डेसनले १७ करोड रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ । प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीले ३७ लाख ४१ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ । यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिए ।

पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित एक करोड ४० लाख रुपैयाँ हाराहारी महसुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ । विगत केही वर्ष अघि कार्यालयमा बक्यौता मात्र सात करोड रुपैयाँ सम्म पुगेको पौडेलले जानकारी दिए । पछिल्ला वर्षहरूमा महसुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो । –राससकाे सहयाेगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस