नेपाल पेमेन्ट सोलुसन्सको मञ्जुश्री फाइनान्ससँग सहकार्य

काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स् ओ र मिसन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा मञ्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र सुनिल शाही आइटी हेडले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले मञ्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, मञ्जुश्री फाइनान्स लिमिटेडसँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिङ्क, फन्ड ट्रान्सफर, लिङ्क अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउनेछन् ।

नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरू मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरू, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने जनाएको छ ।

नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरूसँग सहकार्य गरी काम गरिरहेको पनि कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस