रारा ताल पुगेर राजदूत बेरीले लेखे यस्तो डायरी

काठमाडाैँ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा आएका छन् । बेलायती राजदूत निकोला पोलिट सोमबार रारा आउँदै छन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट मुगुस्थित राता ताल पुगेका छन् । आइतबार काठमाडौंदेखि नेपालगञ्ज हुँदै तारा एयरमा दुबै मुलुकका राजदूत रारा भ्रमणमा गएका हुन् । भने, बेलायती राजदूत निकोला पोलिट भने सोमबार रारा गएकी हुन् ।

यसैक्रममा अमेरिकी राजदूत रेण्डी बेरीले रारा भ्रमणमा जानुको मुख्य उद्देश्य जलवायु परिवर्तनको प्रभाव र त्यसको असरबारे जानकारी लिनु भएको बताएका छन् । अमेरिकी दूतावासले सामाजिक सञ्जालमा ‘रारा तालबाट राजदूत बेरीको डायरी’ शीर्षकमा बेरीको रारा यात्राको बारेमा उल्लेख गरेको छ । जसमा लेखिएको छ, ‘तपाईंहरूकै केही जिज्ञासाहरू लिन्छु । म किन यो यात्रामा निस्कें ? रारा ताल नै किन ? किनभने जलवायु परिवर्तन विनाशकारी छ । यसले सबै समुदाय र पृथ्वीका सबै कुनालाई असर गर्छ । यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो । यो खतराको घण्टी हो ।’

उनले अगाडि लेखेका छन्, ‘रारा ताल नेपालको सबैभन्दा ठूलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो । यो झन्डै झण्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो । जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढी पहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ । अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूसम्म पनि पर्ने गर्दछ । त्यसैले म किन यो यात्रा गर्दैछु त ? स्पष्ट छ, म तपाईंहरू सबैलाई यी सवै विषयकाबारे अवगत होस् भन्ने चाहन्छु ।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस