कवि वासुदेव पाण्डेयको ‘दुलही’ बजारमा

कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ।

छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको यो पहिलो कवितासंग्रह हो। उनका यसअघि ‘गजलका फाकीहरू’ (सहलेखन), ‘आगमन’ गजलसंग्रह तथा ‘छन्द र अलङ्कारः सिद्धान्त र प्रयोग’ लगायत कृति प्रकाशन भइसकेका छन्।

सोमबार राजधानीस्थित वाल्मिकी क्याम्पसमा एक अनौपचारिक जमघटमाझ उक्त कृति सार्वजनिक गरियो। वरिष्ठ कवि एवं साहित्यकार भुवनहरि सिग्देल, उपन्यासकार तर्कना शर्मा, स्वयं कृतिकार वासुदेव पाण्डेय, कवि राजेन्द्र तारकिणी तथा प्रकाशक दीपक नेपालले उक्त कृति सार्वजनिक गरेका हुन्।

उक्त क्रममा कृतिकार पाण्डेयले कविता वाचन गरेर सुनाएका थिए । उनले छानिएका कविताहरू नै यस संग्रहमा समाविष्ट गरिएको बताए।

कविताहरूमाथि वरिष्ठ कवि सिग्देलले संक्षिप्त टिप्पणी गरेका थिए। उनले पाण्डेयका कवितामा गहन भाव रहेको र छन्द संयोजन समेत राम्रो रहेको बताए।

कवि तारकिणीले जस्तोसुकै विषयलाई पनि टपक्क टिपेर छन्दमा ढाल्न सक्ने खुवी कवि पाण्डेयमा देखिएको भन्दै उनका कवितामा भाव, लय र कलाको उच्च संयोजन रहेको बताए।

काठमाडौँबाट सम्पादन हाउस प्रा.लि. ले प्रकाशनमा ल्याएको यस कृतिको मूल्य रु १५० रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस