ओपोद्वारा नवप्रवर्तनात्मक प्रविधि तथा पहलहरु सार्वजनिक

बिल्डिङ अ बेटर फ्युचर टुगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ।

सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिङ र हेटेरोजिनस कम्प्युटिङजस्ता प्रविधिहरुका साथै आफ्नो नयाँ ओपो हेल्थ एन्ड कारलिंक व्यवसायको घोषणा पनि गरेको छ। ‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै अन्तरक्रियाका प्रवृत्तिहरुसमेत बृहत तथा विविध छन्।

विकासकर्ताहरु प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च इन्स्टिच्युटका अध्यक्ष लेभिन ल्यूले भने, ‘ओपो  आफ्ना विकासकर्ताहरुलाई चुनौतीहरुको सामना गर्न  तथा प्रयोगकर्ताहरुका लागि सुदृढा भविस्यको निर्माणमा सहकार्य तथा सशक्तीकरणका लागि समर्पित छ।’

ओपोले प्रयोगकर्ताहरुमाझ उत्कृष्ट सेवा अनुभव पुर्याउँदै बहुसंख्यक मानिस तथा उपकरणहरुबीच प्राकृतिक अन्तरक्रियाका लागि त्रुटिरहित अन्तरसम्बन्ध स्थापित गर्दै प्रयोगकर्ता केन्द्रित सर्वव्यापी सेवा अनुभव उपलब्ध गराउने परिकल्पना गरेको छ।

यस्तो भविष्यका लागि सुदृढ भिज्युअल्स, कुशल कम्प्युटिङका साथै बहुसंख्यक उपकरणहरुबी घनिष्ठ जडानको आवश्यकता पर्दछ।

आफ्नो यस परिकल्पनालाई साकार पार्ने कार्यमा  ओपोलाई साथ दिन विकासकर्ताहरुको क्षमता अभिवृद्धिका लागि कम्पनीले विभिन्न प्राविधिक क्षमताहरुको शृंखला नै सार्वजनिक गरेको छ।

परिस्कृत भिज्युअल्सका लागि, ओपोको ओमोजी र रे ट्रेसिङ प्रविधिहरुले विकासकर्ताहरुलाई एप्स तथा गेम्समा जीवन्तता प्रदान गर्न सघाउनेछ।

ओपोले कलरओएसमार्फत एआई सञ्चारित ओमोजी प्रविधि ल्याएको छ। यसमा रहेको डिप लर्निङ मोडल्स र शक्तिशाली एआई अल्गोरिदमहरुमार्फत यसले अनुहारका सूक्ष्म भावहरु खिच्न र पुनः उत्पादन गर्ने क्षमता राख्छ। यसले गर्दा भर्चुअल संसारमा प्रयोगकर्ताहरुका सटिक अवतारहरु बनाउन सकिन्छ।

भल्क्यान प्रविधिमा आधारित तथा रे ट्रेसिङ सक्षम मोबाइल हार्डवेयरको अर्को पुस्ताका लागि निर्मित, ओपो रे ट्रेसिङले वास्तविकता नजिक विवरणहरु पुनः उत्पादन गरी प्रयोगकर्ताका लागि सुदृढ दृश्यानुभूति प्रदान गर्ने क्षमता बोकेको छ।

ओपोले मोबाइल उपकरणहरुमा यसको प्रोटोटाइप विकास गर्ने कार्य सम्पन्न गरिसकेको छ र सन् २०२२को ६ महिना भित्रै विकासकर्ताहरुका लागि प्राविधिक क्षमतामाथि पहुँच प्रदान गर्ने योजना बनाएको छ। थ्रीडी लाइभ वालपेपर्स, इमेज फिल्टर्स र एआर जस्ता क्षेत्रमा रे ट्रेसिङ टेक्नोलोजीको व्यापक प्रयोग सम्भावना रहेको छ।

कम्प्युटिङको आवश्यकता दिनानुदिन बढ्दै गइरहेका छन्  र समयसँगै तिनको क्षमतामा व्यापक वृद्धि हुनु आवश्यक छ। ओपोले प्रदर्शन र पावर अप्टिमाइजेसन समाधानका रुपमा हेटेरोजिनस कम्प्युटिङ सार्वजनिक गरेको छ।

यसले विभिन्न कोर्स, थ्रेड्स तथा प्रोसेसरहरुको अझ प्रभावकारी रुपमा प्रयोग गर्ने क्षमता बोकेको छ। ओपोको हेटेरोजिनस कम्प्युटिङ क्षमताहरुका माध्यमबाट विकासकर्ताहरुले अझ सजिलैसँग अनुप्रयोग कार्यसम्पादन समस्याहरु समाधान गर्न र कार्यक्रमहरुलाई छिटो र प्रभावकारी रुपमा सञ्चालन गर्न सक्नेछन्।

आजको समयमा मानिसहरुका घर तथा कार्यस्थल उपकरणहरुले भरिएका छन्। तर, कारहरु अझै पनि आवश्यक मात्रामा जोडिन सकेका छैनन्। सर्वव्यापी सेवालाई वास्तविकतामा परिनत गर्नका लागि कारहरुलाई पनि मानिसहरुको डिजिटल जीवनमा एकीकृत गर्न आवश्यक छ।

ओपोले कारको ढोका खोल्ने र स्मार्टफोनमार्फत कारको स्क्रिनमा कास्ट गर्नेजस्ता धेरै कार्यहरु सम्पादन क्षमता बोकेको ओपो कारलिंक सोल्युसन प्रस्तुत गरेको छ। ओपो कारलिंकले विकासकर्ताहरुलाई कारसँग सम्बन्धित उत्पादनहरु निर्माण गर्न सजिलो पहुँच प्रदान गर्दै स्मार्टफोन र कारहरु जडान गर्ने क्षमता विस्तार गर्नेछ। ओपो कारलिंक हाल ७० भन्दा बढी कम्पनीहरुसँग साझेदारी गरिरहेको छ।

ओपोले निवारक चिकित्सा हेरचाह र जीवनशैली परिवर्तनमा केन्द्रित ओपोको स्वास्थ्य व्यवसाय, ओपो हेल्थको स्थापनाको औपचारिक घोषणा पनि गरेको छ। सेन्सर, एल्गोरिदम, डाटा र बायोमेडिकल इन्जिनियरिङद्वारा सञ्चालित, ओपो हेल्थले राम्रो स्वास्थ्य सेवा समाधानका लागि प्रयोगकर्ता र स्वास्थ्य सेवा प्रदायकहरुलाई निरन्तर र दीर्घकालीन डाटा, मोडलहरु र प्रतिक्रियाहरु प्रदान गर्ने लक्ष्य बोकेको छ।

सन् २०२१ को सुरुआतसँगै स्थापित ओपो हेल्थ ल्याब, निद्रा, खेलकुद, हृदय स्वास्थ्य, र टेलिमेडिसिनजस्ता क्षेत्रहरुमा केन्द्रित बहुविषयिक आर एन्ड डी समूह हो।

ओपोले स्वास्थ्य उद्योगका सहयोगीहरुका लागि डाटा सङ्कलन, विश्लेषण र एप विकासमा सहयोगका साथै उनीहरुको अद्वितीय स्वास्थ्य अनुसन्धानमा मद्दत गर्न र अन्ततः ओपोको स्वास्थ्य इकोसिस्टममा एक स्वतन्त्र एपमा रूपान्तरण गर्न डिजाइन गरिएको उपकरणहरुको सेट ‘ओपो हेल्थ रिसर्च किट’ पनि सार्वजनिक गरेको छ।

ओपोले ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ मिशनको पालना गर्दै विकासकर्ता तथा साझेदारहरुलाई इन्टेलिजेन्ट अनुभवको युगमा खुला र ‘विन–विन’ मानसिकताका साथ काम गर्न निम्तो दिएको छ।

ओपोले विश्वभरका प्रयोगकर्ताहरुका लागि विविध र निर्बाध प्रविधि अनुभवहरु सिर्जना गर्न थप विकासकर्ताहरुसँग काम गर्ने लक्ष्य बोकेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सोमबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस