नेप्से परिसूचक १९ दशमलव २० अंकले घटयो

काठमाडौं  । साताको दोस्रो  दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकको घटेको छ।

नेप्से सोमबार १९ दशमलव २० ले घटेर २ हजार ८  सय २९ दशमलब ६४  विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेस्क पनि २.७१ अंकले घटेर ५२८.३७ को विन्दुमा समेटिएको छ। आज झन्डै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ।

आईसीएफसी फाइनान्स र साहस उर्जाको सेयरमूल्यमा १० प्रतिशत तथा तेह्रथुम पावर, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री