ट्रायल पास गरेको एक वर्ष बित्दा समेत हातमा छैन लाइसेन्स

काठमाडौं । सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दा समेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दा समेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् ।

यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइ समेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन्स छपाइको काम थुप्रिन पुगेको छ । यातायात व्यवस्था विभागले कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको वहाना बनाएर गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ ।

विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । विभागले स्मार्ट लाइसेन्स आउन अझै दुई महिनासम्म लाग्ने जनाएको छ । विभागले यसअघि पनि स्मार्ट लाइसेन्स ल्याउने प्रक्रियामा रहेको भन्दै चाँडै आउने बताउँदै आएको छ । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका सवारी चालकलाई अस्थायी परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ । राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस