जम्मु-कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, २२ जना मारिए

एजेन्सी । भारतको केन्द्र शासित प्रदेश जम्मु-कश्मिरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जना मारिएका छन् । मारिनेमा नौं जना भारतीय सेना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन शुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एक जना जुनियर अफिसरसहित पाँच जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिए ।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसबीच कश्मिरको कुलमागमा आइतबार दुई जना गैरकश्मिरी नागरिकको गोली हानेर हत्या भएको छ ।

मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्दकुमार साह छन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मिरको पुलवामा सगीर अहमद मारिए । उनी काठको मिस्त्री थिए । उनीहरुलाई आतंकवादी समूहले गोली हानेर मारेको दाबी गरिएको छ ।

त्यसअघि शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो । सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मिरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन् । यो हत्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेशनको क्रममा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ ।

आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु-कश्मिरमा देशविरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ । पछिल्लो पटक जम्मु-कश्मिर प्रशासनले अलगाववादी नेता भनेर चिनिने सइद अली शाह गिलानीको नाती अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट बर्खास्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस